Regarding KYC Update
श्री हरि सेक्युरिटिज प्रा.लिका खातावाला ग्राहक महानुभावहरुलाई अत्यन्त जरुरी सुचना
सम्पत्ति शुद्धिकरण निवारण ऐन,२०६४ (संशोधन सहित) सम्पत्ति शुद्धिकरण निवारण नियमावली,२०८१ तथा नेपाल धितोपत्र बोर्डद्धारा समय समयमा प्रदान गरिएको निर्देशन बमोजिम यस शेयर दलाल नं ५६ मा आबद्ध भई कारोबार गर्नुहुने सम्पुर्ण ग्राहकहरु तथा सो संग सम्बन्धित ब्यक्तिहरुको ग्राहक पहिचान विवरण अद्याबधिक गर्नुपर्ने भएको हुंदा यस कम्पनीको कार्यालयमा सम्पर्क राखी तोकिए बमोजिमका ग्राहक पहिचान फाराम भरी परिवर्तित थप विवरणहरु साथै खातावाला ग्राहक महानुभावहरुले देहाय बमोजिमका ब्यक्तिहरुको ल्याप्चे सहिछाप समेत यथाशिघ्र उपलब्ध गराई दिनुहुन अनुरोध गर्दछौं ।
१) प्राकृतिक व्यक्तिको हकमा खातावाला र खाता संचालक व्यक्ति / अन्य व्यक्ति भए निजको समेत ग्राहक पहिचान विवरण ।
२) कानुनी व्यक्ति वा कानुनी प्रवन्धको हकमा खाता संचालनकर्ताहरु, संचालकहरु, कार्यकारी समितिका सदस्यहरु,हिताधिकारी तथा १० प्रतिशत वा सो भन्दा बढी प्रत्यक्ष वा अप्रत्यक्ष स्वामित्व हुने प्राकृतिक व्यक्तिहरु ।
खाता अद्यावधिक गर्न आवश्यक कागजात तथा विवरणहरुबारे विस्तृत विवरणको लागि यस कम्पनीको ग्राहक खाता अद्यावधिक गर्ने ग्राहक पहिचान विवरण (KYC) फाराम कम्पनीको मुख्य कार्यालय,शाखा कार्यालय र कम्पनीको वेवसाईट http://www.sriharisecurities.com.np मा हेर्नुहोला । ग्राहक पहिचान विवरण (KYC) अद्यावधिक गर्नका लागि ग्राहक पहिचान विवरण (KYC) शाखाको मोवाईल नं ९८५१२३२०५६ मा सम्पर्क गर्न समेत अनुरोध गरिन्छ ।
खाता अद्यावधिक गर्न आवश्यक कागजात तथा विवरणहरु सहित ग्राहक पहिचान विवरण (KYC) अद्यावधिक नभएका खाताहरुको कारोबार रोक्का राख्न सकिने व्यहोरा सम्वन्धित सबैलाई जानकारी गराउँदछौं ।
दुरसंचार सेवा प्रदायकहरुले १ बर्ष सम्म नचलेका मोबाइल नम्बरहरु नयाँ प्रयोगकर्ताहरुलाई हस्तान्तरण गर्न सक्ने भएकोले यदि ग्राहक महानुभावहरुले पुरानो मोवाईल नम्बर परिवर्तन गर्नुभएको छ वा यस शेयर दलाल नं ५६ को कारोबार खाताहरुमा रजिष्टर्ड गरि एक बर्ष सम्म प्रयोग गर्नु भएको छैन भने तत्काल यस कम्पनीको ग्राहक पहिचान शाखामा सम्पर्क गरी आफ्नो परिवर्तीत नयाँ मोवाईल नम्बर अद्याबधिक गर्नुभई पुरानो मोवाईल नम्बरको दुरुपयोग भई आफ्नो नोक्सान हुने सम्बन्धमा सचेत हुन समेत अनुरोध गर्दछौ ।
Download